रेमिट्यान्स घट्यो

४ बर्ष अगाडि

बैदेशिक रोजगारीमा जानेको सँख्या घटेको र उनिहरुले पैसा पठाउन छोडेपछि विप्रेषण आप्रवाह (रेमिट्यान्स) पनि घटेको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विप्रेषण आप्रवाह ४.९ प्रतिशत घटेको हो । आर्थिक बर्षको पहिलो त्रैमासिकमा ३ महिनामा २ खर्ब ३० अर्ब २४ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । यो अघिल्लो आर्थिक बर्षको साही अवधीको रेमिट्यान्स भन्दा ३७.३ प्रतिशतले बढी हो । यो अबधीमा नेपालबाट अन्तिम श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या पनि ३.७ प्रतिशतले घटेको छ ।

यस्तै अमेरिकी डलरमा प्राप्त हुने विप्रेषण आप्रवाह  पनि ४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २४.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ३.७ प्रतिशतले कमी आई रु.२६० अर्ब ७७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३३.४ प्रतिशतले बढेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया