लगानी बृद्धि गर्दै रियल स्टिल्स प्रा.लि

४ बर्ष अगाडि

रियल स्टिल्स प्रा.लि.ले उद्योग सञ्चालनका लागि ९४ करोड रुपैयाँ लगानी बृद्धि गर्ने भएको छ ।
स्टिल उत्पादन उद्योगका लागी थप लगानी गर्न लागिएको हो । 

कम्पनीले दीर्घकालिन समयका लागी ४१ करोड र छोटो समयका लागी ५३ करोड रुपैयाँ थप गर्न लागेको हो । उक्त रकम कम्पनीले ऋण लिई लगानी गर्ने भएको छ ।
स्टिल उत्पादन उद्योग यहि नोभेम्बरबाट कम्पनीले सञ्चालन गर्दै छ । 

गत जनावरीबाट नै सञ्चालन गर्ने चनिएको प्रोजेक्ट विभीन्न कारणले ढिलाई भएको थियो । ढिलाईका कारण खर्च बढेर ५९ करोड ७० लाख ५० हजार पुगेको थियो ।

पर्सा जिल्लाको वीरगञ्जस्थित यो उद्योग ४६ करोड १० लाख ३८ हजार रुपैयाँमा स्थापना भएको थियो । जसमध्ये २४ करोड ६० लाख ऋण थियो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया