राजधानीमा खुम्चिएको कम्प्युटर एशोसिएसन मोफसलसम्म लैजाने नवराज कुँवर अध्यक्षमा विजयी

४ बर्ष अगाडि

कम्प्युटर एशोसिएसन (क्यान) महासंघको निर्वाचनमा नवराज कुँवर विजयी भएका छन् ।

क्यानको शनिबार सम्पन्न १३ औं अधिवेशनबाट कुँवर विजयी भएका हुन् ।

उनले एक मात्र अध्यक्षका प्रतिष्पर्धी सुनैना पाण्डेलाई करिब १३प्रतिशत मतले पराजित गर्दै विजयी हासिल गरेका हुन् ।  

कुँवरले ५६.१० प्रतिशत मत हासिल गरे । पान्डेले ४३.९० प्रतिशत मत ल्याइन । 

क्यानको निर्वाचनमा मोफसलबाट पहिलो पटक कुँवरले नेतृत्व गर्ने अवसर पाएका छन् ।

क्यानलाई महासंघको अवधारणामा लैजान कुँवरको योगदान अतुलनीय भएकोले उनका पक्षमा बहुमत सदस्यहरुले मतदान गरेका थिए ।

कुँवरलाई मोफसल र राजधानीका सदस्यहरुले मतदान गरेका थिए ।  

सुचना र प्रविधिको क्षेत्रमा काम गर्न योग्य ब्यक्ति भनेकै नवराज कुँवर भएको भन्दै अधिकांश सदस्य कुँवरको पक्षमा थिए ।

यस अघि कुँवर समुहबाट १४ जना निर्विरोध निर्वाचित भएका थिए । 

क्यानको स्थापना कालदेखि नै सक्रिय रहेका कुँवरलाई राजधानीमा मात्र खुम्चिएको क्यानलाई मोफसलसम्म लगेकाे जस छ ।  

क्यानको केन्द्रिय समितिको ४२ सदस्य मध्ये कुँवर समुहका १४ जना नै निर्विरोध निर्वाचित भएका थिए । 

सरकारले सुचना र प्रविधिको क्षेत्रमा विशेष काम गर्ने योजना बनाइरहँदा निजी क्षेत्रलाई समेत समेटेर लैजाने वातावरण बनाउन योग्य र भिजन भएको नेतृत्व चाहिएको थियो ।

अब कुँवरले सरकारसँग सहकार्य गरेर अगाडी बढाउने समेत बताए ।  

रूपन्देहीका कुँवर २५ वर्षदेखि सुचना र प्रविधिको क्षेत्रमा काम गर्ने इमान्दार ब्यवसायी तथा सुचना र प्रविधिका क्षेत्रको सफल नेतृत्व मानिन्छन् ।

कुँवर पक्षसँग क्यानमा लामो समयदेखि काम गरेका, आइटी क्षेत्रमा लामो अनुभव हासिल गरेका बौद्धिक र युवाहरुको बाहुल्यता छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया