कपडा उद्योगले सहुलियत ब्याजमा ५ करोडसम्म ऋण पाउने

आइतबार, ०८ मंसिर २०७६, १७ : १०

सरकारले ५ करोडसम्मको कपडा उद्योगलाई हुलियत ब्याजमा ऋण दिने भएको छ । त्यस्तै सरकारले प्राविधिक शिक्षा तथा ब्यवासायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमका लागि पनि ऋण उपलब्ध गराउने भएको छ।
प्राविधिक शिक्षा तथा ब्यवासायिक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमका लागि २ लाखसम्म ऋण उपलब्ध हुने छ।

यसअघि सरकारले ब्यवसायिक कृषि, शिक्षित युवा वेरोजगार, विदेशबाट फर्किएका युवा, महिला उद्यमी, दलित, उच्च र प्राविधिक शिक्षाका लागि अनुदानको ऋण उपलब्ध गराउँदै आएको थियो।

 
 

आइतबार, ०८ मंसिर २०७६, १७ : १०

प्रतिक्रिया