युनिभर्सल पावरले कमायो ५ करोड ८० लाख नाफा

४ बर्ष अगाडि

 काठमाडौं । जलविद्युत् कम्पनीको नाफा घटेर शेयरधनी टाट पल्टने अवस्थामा पुगेको बेला युनिभर्सल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा रु  ५ करोड ८० लाख ८६ हजार खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा रु ४ करोड १४ लाख ४४ हजार खुद नाफा आर्जन गरेको थियो

कम्पनीले दोलखा जिल्लामा अवस्थित खारे खोलामा हाल निर्माण गरिरहेको ११ मेगावाटको जलविद्युत आयोजना अन्तिम चरणमा छ ।

 त्यसैगरी, कम्पनीले माथिल्लो इंखु  खोला जलविद्युत आयोजनाको अध्ययन गरिरहेको छ भने ४५ मेगावाटको कसुवा खोला जलविद्युत आयोजना निर्माण गर्न लगानी गर्ने सम्झौता गरेको छ ।

सो अवधिमा कम्पनीले रु २ करोड ४२ लाख २५ हजार  अन्य स्रोतबाट आम्दानी गरेको छ । सो अवधिसम्ममा कम्पनीको प्रशासनिक खर्च रु १८ लाख ६६ हजार रहेको छ ।

रु २ अर्ब १० करोड ३ लाख  चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष  रु ५ करोड ८० लाख ८६ हजार रहेको छ । कम्पनीको दीर्घकालीन बैंक ऋण रु १ अर्ब ५ करोड २५ लाख रहेको छ भने अल्पकालीन बैंक ऋण रु  १ करोड ५३ लाख १२ हजार  छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७३ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ १०२.७७ रुपैयाँ रहेको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया