पुन : श्रमस्वीकृतिमा अन्योल

४ बर्ष अगाडि

बीमाशुल्क र वैदेशिक रोजगार कल्याणकारी कोषमा बुझाउनुपर्ने रकम भुक्तानी गर्ने अनलाइन प्रणाली नबन्दा विदेशबाटै नेपाली कामदारले पुनः श्रमस्वीकृति पाउन सकेका छैनन् ।

बीमा कम्पनी तथा वैदेशिक रोजगार विभागले विदेशबाटै अनलाइन भुक्तानी प्रणालीको विकास गर्न नसक्दा नेपाली कामदारहरू यसकै लागि मात्र नेपाल आउन बाध्य भएका छन् । 

वैदेशिक रोजगारमा जाने नेपालीले अनिवार्य रूपमा नेपाली बीमा कम्पनीबाट म्यादी बीमा तथा कल्याणकारी कोषमा तोकिएको शुल्क बुझाउनुपर्ने व्यवस्था छ । यी दुई काम गरेपछि मात्र वैदेशिक रोजगार विभागबाट कामदारले वैदेशिक रोजगारीको स्वीकृति पाउँछन् । यस्तो श्रमस्वीकृतिको म्याद सकिएपछि पुनः स्वीकृतिका लागि कामदारले फेरि बीमाशुल्क बुझाउनु पर्ने हुन्छ । 

आर्थिक अभियानबाट

४ बर्ष अगाडि

प्रतिक्रिया