सामाजिक सुरक्षा चाहियाे भन्दै आन्दोलन शुरू गरे श्रमिक

४ बर्ष अगाडि

श्रमिकलाई सामाजिक सुरक्षामा सूचीकृत गर्न  विराटनगरको संयुक्त ट्रेडयुनियन समन्वय केन्द्रले दबाबमूलक कार्यक्रम गरेको छ ।

संघले रोजगार प्रतिष्ठान मोरङ व्यापार सङ्घलाई दबाब दिँदै सामाजिक सुरक्षामा सूचीकृत गर्न ध्यानकर्षण गराएको हो ।      

‘सम्पूर्ण रोजगार दातालाई आह्वान समाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान’ भन्ने नाराकासाथ समन्वय केन्द्रले दवावमूलक अभियान नै चलाएको छ । 
 
पटक–पटक सूचीकरणका निम्ति समय थप गरिरहँदा पनि श्रमिकको त्याग र संघर्षवाट आएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा उद्योग प्रतिष्ठान सूचिकृत नगराउनु घोर आपत्तिजनक रहेको समन्वय केन्द्रका अध्यक्ष किशोर धमलाले बताए । 

नयाँ श्रम ऐन लागू गर्न, योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा प्रतिष्ठान सूचिकृत हुनुपर्ने, मजदूरहरुले पाउनुपर्ने अधिकार दिनुपर्ने र अन्यथा सम्पूर्ण ट्रेड युनियन तथा श्रमिक चरणबद्ध आन्दोलनमा जाने उनको चेतावनी छ । 

टे«ड युनियन महासङ्घ समाजवादी फोरमका अध्यक्ष महोम्मद सदरुल मियाँले सरकारले दिएको सेवाबाट वन्चित गर्न नपाइने बताए । 

४ बर्ष अगाडि

प्रतिक्रिया