महत्वकांक्षी लक्ष्य लिएर आउनुहोस् सहयोग गर्न सरकार तयार छ : अर्थमन्त्री

४ बर्ष अगाडि

अर्थमन्त्री डा. युवाराज खतिवडाले हस्तकता व्यवसायीहरुलाई सरकारबाट सहयोग लिन महत्वकाँक्षी लक्ष्यसहित आउन आग्रह गरेका छन ।

काठमाडौंको प्रदर्शनीमार्गमा बिहीबारबाट सुरु भएको १७ आँै हस्तकला व्यपार मेलाको उद्घाटन गर्दै उनले उत्पादनको वजारीकरणका लागि सरकारका अनुदान दिन तयार रहेको बताए ।

व्यवसायीहरुलाई सरकारबाट असन्तुष्ट भएको बँुदामा छलफल गरी योजना बनाएर अघि बढ्न सकिने उनको भनाई छ ।

अंकमा हेर्दा ठुलो नदेखिए पनि हस्तकलाको बिषय दिर्घकालिन महत्वको बिषय भएको भन्दै उनले पर्यटन बर्षलाई लक्षित गरी दुई तीन महिनामैै एउटा प्रर्दशनी कक्ष बनाईने पनि जानकारी दिए ।

साथै उनले कुन देशमा कस्ता हस्तकलाका समाग्रीको प्रवद्र्धन गर्नु पर्ने हो त्यसको जानकारी आफूलाई दिन आग्रह पनि गरे ।

विभिन्न देशका राजदुतावासमा त्यि हस्तकलाका समाग्री राख्न सके पनि यसको बजारीकरणमा सहयोग पुग्न सक्ने उनका धारणा थियो ।

साना उद्योगका लागी पूँजीको अभाव हुन नदिने पनि उनको प्रतिवद्धता छ ।

‘धेरै बैंकहरु अहिले साना तथा मझौला उद्योगमा लगानी गर्न आर्कषित भईराखेका छन,’ उनले भने, ‘हस्तकला व्यवसायीलाई पनि सरकारले दिने सहुलियतपूर्ण कर्जामा जोड्न सकिन्छ ।’

काठमाडौंमा शुरु भएको १३ औं दक्षिण एसीयाली खेलकुद (साफ) को समेत उपयोग गरेर हस्तकलालाई प्रवद्र्धन उनले व्यवसायीलाई सुझाव दिए ।

‘साफ गेममा ५ हजार भन्दा बढि दक्षिण एसियाली खेलाडी तथा परिवेक्षकहरु आउनेछन, खेलकुद परिषदमा प्रर्दशनी कक्ष राख्न सके यसले हाम्रो सँस्कृती सभ्यता, र आर्थिक अवस्था देखाउनका साथै बजारीकरणमा योगदान गर्न सक्छ’, उनले भने ।

सोहि कार्यक्रममा बोल्दै उध्योग, बाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सरकारले आवश्यकताका आधारमा, स्रोतले भ्याएसम्म व्यवसायीहरुलाई सहयोग गर्न तत्पर रहेको बताए ।

उनले भने, सरकार हस्तकलाका समाग्रीहरुको निर्यातलाई सहज तथा सरल बनाउन लागी परेको छ । उनले हस्तकलाको बजारीकरणमा जोड दिन पनि व्यवसायीलाई आग्रह गरे ।

उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपाली हस्तकलालाई अन्य देशका हस्तकताहरुसंग प्रतिष्पर्धा गर्न गह्रो भएको भएको बताए । सरकारले व्यवसायीलाई सहज ऋण तथा तालिममा सहयोग गर्न पनि उनले आग्रह गरे । उनले हस्तकला र पर्यटनलाई संगै अघि बढाउन सरकारलाई आग्रह समेत गरे ।

त्यस्तै, उद्योग परिसंघका अध्यक्ष अनिलकुमार मोरले सरकारलाई व्यवसायीहरुलाई सुलभ कर्जामा व्याज दिन, सरकारी कार्यालयमा नेपाली सामानहरुमात्रै प्रयोग गर्न, व्यवसायीहरुलाई थप तालिमको व्यवस्था गर्न, नेपालका हस्तकलालाई विदेशमा प्रर्दशन गर्न तथा गुणस्तरीय उत्पादनका लागी प्रयोगशाला निमार्णका लागी अनुरोध गरे ।

कार्यक्रममा हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाई शाक्य, कार्यक्रम समितिका संयोजक धर्मराज शाक्य, नेपाल चेम्बर एण्ड कमर्शका अध्यक्ष राजेन्द्र महर्जन लगाएतले बोलेका थिए ।

उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, नेपाल पर्यटन वोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नविल बैँक, नेपाल चेम्बर अफ कमर्श, ललितपुर उद्योग वाणिज्य महासंघलगायतको संयोजन तथा नेपाल हस्तकला महासङ्घको आयोजनामा हस्तकला व्यापार महोत्सव बिहिबारदेखि सुरु भएको छ ।

महोत्सव १६ गतेसम्म भृकुटीमण्डपमा संचालन हुने छ । मेलामा आठ प्याभिलियनसहित २०० कक्ष रहनेछन् । ७७ वटै जिल्लाका हस्तकलाको सहभागीता रहने आयोजकले बताएको छ ।

मेलामा नेपाली साथसाथै छिमेकी मुलुक भारत, चीन, अमेरिका, जापानलगायतका युरोपका विभिन्न मुलुकमा २० भन्दा बढी स्टल रहनेछन् ।

नेपालको हस्तकला हाल विश्वका अधिकाशं मुलुकमा निर्यात हुँदै आएको छ । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शनमा राखिनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया