गाउँपालिकामा चालक नियुक्ति विरूद्ध चालकहरूकै आन्दोलन

४ बर्ष अगाडि

गुल्मीकाे धुर्कोट गाउँपालिकाले सवारी चालक नियुक्तिगर्दा मनपरी गरेको भन्दै चालकहरुले आपत्ति जनाएका छन् । 

दुईजना हलुका सवारी चालक नियुक्ति गर्दा विना प्रतिस्पर्धा गरेको भन्दै गाउँपालिकाभित्रका २० जना सवारीचालकले आपत्ति जनाएका हुन् । 

गैरकानूनी रुपमा मनपरी नियुक्तिको विरोध गर्दै उनीहरुले तुरुन्त विज्ञापन खुलाउन माग गरेका छन् ।  

गाउँपालिकाले निर्णय सच्याएर प्रतिस्पर्धा गराउनतर्फ ध्यान नदिएमा कडा संघर्ष गर्ने र त्इसबाट उत्पन्न परिणामको जिम्मेवार गाउँपालिका हुनुपर्ने उनीहरुको चेतावनी छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले भने पदाधिकारीहरुले आफ्नो लागि आफै चालक नियुक्ति गर्नु सामान्य भएको बताए । 

‘जुन पदाधिकारी गाडी चढ्ने हो उसले आफ्नो नजिकको मान्छे नियुक्त गर्ने प्रचलन संघीय मन्त्रालयदेखि नै छ’, उनले भने । 

तर गाउँपालिका अध्यक्षको सवारी चालकले गतवर्ष नै नियुक्ति पाएपनि उपाध्यक्षको सवारी चालकले भने नियुक्ति पत्र पाइनसकेको उनको भनाइ छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया