हेलिकप्टर दुर्घटनामा तीनको मृत्यु

सोमबार, १६ मंसिर २०७६, १४ : ३८

अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइतवार राती भएको  एउटा हेलिकप्टर दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको छ ।  ह्यूस्टनबाट करिब ३ सय २० किलोमिटर पश्चिममा रहेको सो इलाकामा दुर्घटना भएको थियो । 

एउटा मात्र इन्जिन भएको यस हेलिकप्टरमा सवार दुई पुरुष र एक महिलाको सो दुर्घटनमा मृत्यु भएको स्थानीय स्रोतले जानकारी दिएको छ । 

सान एन्टोनियो अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ किलोमिटर उत्तरपश्चिममा उक्त दुर्घटना भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
 

सोमबार, १६ मंसिर २०७६, १४ : ३८

प्रतिक्रिया