किन दिल्ली जाँदैछन् महन्थ, राजनीतिमा बदलाब आउला ?

५ बर्ष अगाडि

काठमाडौं–राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का संयोजक महन्थ ठाकुर आज भारतको राजधानी दिल्ली जान लागेका छन् । 
स्वास्थ्य उपचारका लागि उनी दिल्ली जान लागेको पार्टीले जनाएको छ । चैतको अन्तिम साता दिल्लीस्थित मेदान्त अस्पतालमा भर्ना भइ उपचार गराएर बैशाखको पहिलो हप्ता नेपाल फर्केका उनी डाक्टरको सुझाव अनुसार फ्लोअपका जान लागेको बताइएको छ । 
त्यतिबेला एन्जियोग्राफी गरी उनको छातीमा तीनवटा स्टेन राखिएको थियो । 
केहि वर्ष पहिले संयोजक ठाकुरको मुटुमा समस्या देखिएपछि ‘पेसमेकर’ राखिएको थियो । पेसमेकर राखिएपछि उनले डाक्टरको नियमित सम्पर्कमा रही स्वास्थ्य जाँच गराई राख्नुपर्ने थियो । तर उनले दुई वर्षदेखि नियमित जाँच गराएका थिएनन् । पछि जाँदा स्टोन राख्नु पर्ने अवस्था आएको राजपा नेपालका प्रवक्ता कृष्ण सिंहले जानकारी दिए । 

 बैशाखमा  दिल्लीमा उपचार गरेर फर्किएका ठाकुरलाई एक महिना पछि फ्लोअपमा आउन डाक्टरहरुले भनेका थिए । तर, दुई महिना ढिलो जान लागेका हुन् ।  
राजनीतिक भेटवार्ता हुने
दिल्लीमा रहँदा उनले भारतीय नेताहरुलाई भेट्ने कार्यक्रम पनि रहेको पार्टी स्रोतले जनाएको छ ।

पछिल्लो समय सरकार र राजपा नेपालबीच दुरी बढ्न थालेपछि राजपाले  विकल्पको खोजी गर्न थालेको छ । 
भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल भ्रमणमा आएको बेला उनले राजपा नेपालका नेताहरुलाई भेटेर प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन गर्न सुझाव दिएकी थिइन् । सोही सुझाव अनुसार राजपा नेपाल लेकेपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउनमा सहयोग गरेको थियो ।
तर, सहयोग गर्ने बेला जे सहमति भएको थियो त्यो अनुसार कार्यान्वयन नभएको भन्दै राजपा नेपाल सरकारबाट समर्थन फिर्ता लिने तयारीमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया