संसद खुलाउन कांग्रेस सकारात्मक , संसदीय बैठकबाट निर्णय गर्ने

मंगलबार, ०१ जेठ २०८१, ०८ : ४२

 काठमाडाैँ-  नेपाली कांग्रेसले संसद अवरुद्ध खुलाउने विषयमा संसदीय दलको बैठकपछि निस्कर्षमा पुग्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर कांग्रेसले सदन खुलाउन सकारात्मक भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका थिए ।  प्रधानमन्त्री दाहालसँगको भेटमा प्रधानमन्त्रीले आज संघीय संसदको दुबै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने भएकाले संसद  अवरोध नगरिदिन अनुरोध गरेका थिए ।  प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा समस्या समाधानको लागि पहल गरिरहेको आश्वासन दिएपछि   कांग्रेस  अवरुद्ध सदन खुलाउन सकारात्मक भएको  प्रमुख सचेतक रमेश लेखकले बताए ।
 

मंगलबार, ०१ जेठ २०८१, ०८ : ४२

प्रतिक्रिया