मन्त्रीको विषयले राजपामा भाँडभैलो

६ बर्ष अगाडि

जनकपुर–पार्टीमा निर्णय नै नगरिकन मन्त्रीको सपथ गराएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालमा विवाद उत्पन्न भएको छ । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव समेत रहेका संसदीय दलका जितेन्द्र सोनलले आज प्रदेश नम्बर २ मा भौतिक पूर्वाधार मन्त्रीको रुपमा सपथ लिएका छन् । तर, सोनललाई मन्त्रीमा पठाउने पार्टीमा कुनै निर्णय नभएको राजपा नेपाल अध्यक्ष मण्डलका एकजना सदस्यले बताए । संसदीय दलको नेता मन्त्रीमा जान नपाउने निर्णय भएको थियो । तर, मुख्यमन्त्रीका सपथग्रहणमा सहभागि हुन लागि जनकपुर आएका राजपा नेपालका संयाजक महन्थ ठाकुरले एकल निर्णयबाट सोनललाई मन्त्रीमा पठाएका हुन् । ती नेताले भने, ‘पार्टीमा मन्त्री कसलाई पठाउने बारे पार्टीमा कुनै छलफल भएको छैन, महन्थजीले आफ्नो एकल निर्णयबाट त्यस्तो गर्नुभएको छ ।’

६ बर्ष अगाडि

प्रतिक्रिया