भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा शनिबारदेखि तीन दिनसम्म बन्द रहने

शुक्रबार, ०४ जेठ २०८१, ०५ : १९

काठमाडौं  भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ। 

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले आज एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रूपमा बन्द रहने जानकारी दिएका हुन् ।

उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ मा लोकसभाको निर्वाचन हुने भएकोले शनिबारदेखि सोमबारसम्म ७२ घण्टाका लागि नेपाल रेल्बे सेवा पूर्ण रुपमा बन्द गरिने बताए । 

विज्ञप्तिमा रेल्वे सेवा जेठ ८ गतेदेखि  नियमित रुपमा सञ्चालन हुने जनाइएको छ ।

शुक्रबार, ०४ जेठ २०८१, ०५ : १९

प्रतिक्रिया