उत्तर कोरियाले गर्यो अमेरिकाको कडा आलोचना

५ बर्ष अगाडि

सिङ्गापुर– अमेरिकाद्वारा प्रकट गरिने आणविक हतियारको निशस्त्रीकरणका सम्बन्धमा देखाएको ‘दवावजन्य’ अधैर्य व्यवहारको उत्तर कोरियाले शनिबार आलोचना गरेको छ । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाविरुद्ध पूर्ण आर्थिक नाकावन्दीका लागि दवाव कायम राख्नुपर्ने भनेपछि उत्तर कोरियाको उक्त भनाई आएको हो । 
सिङ्गापुरमा जारी सुरक्षा मञ्चमा संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा प्योङयाङले आणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई जारी राखेको र जहाजबाट जहाजमा तेलको आपूर्ति गरी प्रतिबन्धलाई छल्न खोजेको आरोपबारे विवादास्पद भनाइ आएपछि प्योङयाङको यो भनाइ आएको हो । 

गत जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ऐतिहासिक वार्तापछि उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीपलाई आणविक रूपले निशस्त्रीकरण गर्ने जटिल सम्झौता पालना गर्ने प्रतिवद्धता जनाएका थिए । 
अमेरिकाले राख्दै आएको पूर्ण, प्रमाणित हुने र फिर्ता नहुने गरी निशस्त्रीकरणको मागप्रति उत्तर कोरिया एक्कासी सकारात्मक बनेको थियो । 
सम्झौताप्रति अमेरिकी अधिकारीहरूले सार्वजनिक वृत्तमै प्योङयाङ सम्झौताप्रति आवश्यक तयारीमा लागेको आशावादी विचारहरू प्रकट गर्न थालिसकेका थिए । तर केही राष्ट्रसंघका सदस्यहरूले नाकाबन्धीलाई लचिलो बनाएको र यसबाट उत्तर कोरियालाई निशस्त्रीकरणका लागि आवश्यक दवाव नपर्ने भन्दै वासिङ्टनले चासो व्यक्त गरेको थियो । 
दक्षिणपूर्वी एसियाली मुलुकहरूको संगठन (आसियन)को क्षेत्रीय मञ्चमा उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो ले निशस्त्रीकरण योजनामा अमेरिकाको अधैर्य व्यवहार देखिएको बताएका हुन् । 
विदेशमन्त्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, आफ्ना नेताहरूको सोचबाट टाढा रहेका बिषयलाई अमेरिकी पक्षबाट शङ्का गर्नु र आग्रहपूर्ण व्यवहारहरू आउनु दुभाग्यपूर्ण भएको छ । यो रोकिनु जरुरी छ । 
जुनमा भएको सम्झौतापछि प्योङयाङले आणविक तथा क्षेप्यास्त्र परीक्षणलाई रोकेको र आणविक हतियार परीक्षणस्थललाई नष्ट गर्नेजस्ता ‘हार्दिकताका उपायहरू’ अवलम्वन गरेको उनको भनाइ थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया