सिन्धुपाल्चोकमा मकैको खोस्टाको आकर्षक ब्याग

सोमबार, ३१ बैशाख २०८१, १८ : २१

काठमाडौँ - सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं. ४ स्थित इन्द्रावतीमा महिलाहरुलाई मकैको खोस्टाको प्रयोगबाट हस्तकला सामाग्री बनाउन सिकाइएको छ । उनिहरुलाई  गाउँपालिकाले एक महिने तालिम दिइएको थियो । 

सो तालिम अवधिमा महिलाहरुले आकर्षक ह्याण्ड ब्याग, ह्याड्, टोकरी लगायतका समानहरु तयार पारेका छन् । गाउँमा मकै बाली उत्पादन हुन्छ र मकैको खोस्टा भने खेर गइरहेको हुन्छ त्यसैलाई सदुपयोग गर्न सकिने गरी उनीहरुले सिप सिकेका हुन् ।हातले तयार पारेका यी सामग्रीहरु बजार ब्यवस्थापन भएमा आर्थिक आम्दानी हुने माध्यम बनाउन सक्नेगरी काम गर्ने महिलाहरुले बताएका छन् ।

गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालले उत्पादित हस्तकलाका सामग्रीहरुको उचित मुल्य सहितको बजारीकरण गर्ने जिम्मा पालिकाले लिने बताएका छन्  । आफ्नो वडा भित्रका महिलाहरुलाई  सिपमुलक तालिमले उद्यमी बनाउन प्रेरित गर्ने ४ नं वडाका अध्यक्ष क्षेत्र तामाङले बताए । गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तरगत मेड्पा को आर्थिक सहयोगमा उनीहरुले यस तालिम  लिएका हुन् । सो तालिममा १३ जना महिलाहरु सहभागी थिए । 

सोमबार, ३१ बैशाख २०८१, १८ : २१

प्रतिक्रिया