बुर्का लगाएको आरोपमा डेनमार्कमा एक महिलालाई सजाय दिइयो

५ बर्ष अगाडि

एजेन्सी । अनुहारमा बुर्का लगाएकी एक २८ वर्षे महिला डेनमार्कमा पारित नयाँ कानुनको भागिदार हुने पहिलो व्यक्ति भएकी छिन् । 
केही समयअघि मात्रै डेनमार्कमा सार्वजनिक स्थानमा अनुहार छोपिने गरी बुर्का लगाउन प्रतिबन्ध लगाउने कानुन ल्याइएको थियो । 
डेनिस समाचार एजेन्सी रिट्जोले दिएको रिपोर्ट अनुसार शुक्रबार हरसोल्मस्थीत एक सपिङ्ग सेन्टरमा निकाब लगाएकी २८ वर्षेलाई देखिएपछि कसैले प्रहरी बोलाएको थियो । 
उजुरीपछि प्रहरी आएर महिलालाई समातेर १००० डेनिस क्रोनर(१५६ अमेरिकी डलर) जरिवाना तिरायो । जरिवाना तिराइए पछि पनि उनलाई बुर्का खोल्न वा उक्त स्थानबाट बाहिरन भनियो । महिलाले त्यहाँबाट निस्किने विकल्प रोजिन् ।
अगस्ट १ मा डेनमार्कमा लामो बहसपछि अनुहार छोपेर आँखामात्र देखाइने निकाव वा सम्पूर्ण शरिर छोप्ने अबाया सार्वजनिक स्थानमा प्रयोग गर्न नपाइने कानुन पारित गरिएको थियो । तर दुबै पहिरन डेनमार्कमा आक्कलझुक्कल देखिन्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया