भेनेजुयलाका राष्ट्रपतिमाथि भएको आक्रमणमा अमेरिकी संलग्नता ?

५ बर्ष अगाडि

वासिङ्टन– आइतबार भेनेजुयलाका राष्ट्रपति निकोलास मदुरोलाई लक्षित गरी भएको भनिएको ड्रोन आक्रमणमा ‘अमेरिकी सरकारको सम्लग्नता’ नरहेको अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनले बताएका छन् । 
भेनेजुयलाका राष्ट्रपतिले राजधानी काराकस सैन्य प्रदर्शनपछिको कार्यक्रमलाई सम्बोधन गर्दैगर्दा मदुरोलाई ड्रोनको सहयोगमा विष्फोट गरी आक्रमण प्रयास गरिएको थियो । 
तर उक्त घटनामा राष्ट्रपतिलाई कुनै चोट नलागेको बताइएको छ । राष्ट्रपतिको सुरक्षार्थ खटिएका केही सैनिक भने आक्रमणमा घाइते भएका थिए । 
अमेरिकी फक्स टेलिभिजनसँग कुराकानी गर्दै आक्रमणमा अमेरिकी सम्लग्नता नरहेको बोल्टनले बताए । 

अमेरिकी सम्लग्नतालाई नकार्दै बोल्टनले भने, “यदि भेनेजुयलासँग घटनामा अमेरिकी सम्लग्नता रहेको प्रष्ट सूचना छ भने यसको हामीले गम्भीरतासाथ हेर्नेछौँँ ।” 
राष्ट्रपति मदुरोले आक्रमणलाई हत्या प्रयासमा कोलम्बियाको सम्लग्नता रहेको आरोप लगाएका थिए । यद्यपि आक्रमणको एक भूमिगत विद्रोही समूहले जिम्मेवारी लिएको थियो । 
बोल्टनले भेनेजुयलामा रहेको अमेरिकी कार्यबाहक राजदूतलाई सम्पर्क गरेको बताउँदै आफ्नो राजदूताबास र यसमा कार्यरत कर्मचारी सबै सकुशल रहेको कार्यबाहक राजदूतले बताएको जानकारीसमेत टेलिभिजनमार्फत गराए । 

५ बर्ष अगाडि

प्रतिक्रिया