पूर्वसांसद विक ठगी आरोपमा हिरासतमा

५ बर्ष अगाडि

पर्वत-अमेरिका पठाईदिन्छु भन्दै बिभिन्न ब्यक्तिबाट लाखौ रुपैँया ठगी गरेको आरोपमा पुर्व साँसद मिठाराम बिश्वकर्मा (दुःखी) बैदेशिक रोजगार बिभागको हिरासतमा परेका छन् ।

नेपाली कांग्रेसबाट संसद पूर्नस्थापना पछि अन्तरिम ब्यबस्थापिका संसदको सदस्य बनेका बिश्वकर्मा चार हप्ता देखि बैदेशिक रोजगार बिभागको हिरासतमा परेका हुन् । पूर्व साँसद बिश्वकर्माले पर्वतको कुस्माका दुई युवालाई अमेरिका पठाउँछु भनेर २५ लाख भन्दा बढी नगद ठगी गरेको आरोप लागेको छ ।नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया