कङ्ग्रेस नेता राहुल गान्धीले लेखे मोदीलाई  पत्र

५ बर्ष अगाडि

नयाँ दिल्ली–केरलामा निरन्तरको मुसलधारे बर्षाका कारण आएको बाढी तथा पहिरोले स्थानीय वस्तीहरूलाई प्रभावित बनाएपछि ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित बनेका छन् । 
दक्षिण भारतको उक्त इलाकामा पहिरो तथा डुबानमा परी यस महिना मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । 
बाढी तथा पहिरोका कारण केरलाका खासगरी नदी किनाराका वस्तीहरूमा ठूलो क्षति भएको र बाढी प्रभावित नागरिकको समस्यालाई तत्काल राहतको व्यवस्था हुनुपर्ने माग भारतीय कङ्ग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई समस्याप्रति ध्यानाकर्षण गराएका छन् । 

शनिबार  गान्धीले केन्द्र सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन् । पत्रमा गान्धीले केन्द्रमार्फत केरला सरकारलाई राहत सहयोगका लागि प्रशस्त वजेटको प्रबन्ध गर्न आग्रह गरेका छन् । 

बाढीले केरलाका कैयौँ जिल्लाहरूमा मानवीय क्षति, पशु चौपायाको क्षतिका साथै नगदे तथा अन्य कृषि वालीलाई व्यापक प्रभावित बनाएको छ । 
विगत पाँशच दशककै सबैभन्दा ठूलो विपद केरला राज्यमा देखिएको र यसबाट ठुलो मानवीय तथा आर्थिक क्षति भएको उल्लेख पत्रमा नेता राहुलले बताएका छन् । 
बाढीका कारण राज्यको माझी समुदाय सबैभन्दा बढी प्रभावित भएको पनि पत्रमा उल्लेख छ । 
अकी नामक आँधीका कारण उक्त क्षेत्रको माछापालनमा नराम्रो प्रभाव छोडेको र यो माछा किसानका लागि ठूलो धक्का भएको, नेता राहुलले प्रधानमन्त्रीलाई पठाएको पत्रमा बताउनुभएको छ । 
केरलामा बाढी तथा पहिरो र डुवानका कारण नियमित विद्युत आपूर्तिमा समस्या भएको, सडकहरू भत्किएको र ठूलो मानवीय विपत आएको छ जसलाई पूरानो अवस्थामा ल्याउन निकै ठूलो बजेटको आवश्यक रहेकोसमेत पत्रमा उल्लेख छ ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया