मलेसियामा न्यूनतम तलब १२ सय रिङ्गिट अर्थात् ३३ हजार रूपैयाँ

४ बर्ष अगाडि

मलेसियास्थित नेपाली राजदुताबासले आधारभूत तलब मलेसियन रिङ्गिट १२ सय नराखेका मागपत्र स्विकृत नगर्ने भएको छ । 

दुतावासले सूचना जारी गर्दै जनवरी २ (पौष १७) गतेदेखि मलेसियन रिङ्गिट १२ सय भन्दा कम आधारभूत तलवका मागपत्र स्किृत नगर्ने जनाएको हो । 

मलेसिया सरकारले जनवरी १ देखि लागू हुने गरी न्यूनतम तलब बढाउने घोषणा गरेपछि दुतावासले यस्तो सुचना जारी गरेको हो ।  

यो सँगै मलेसियामा कामदार माग गर्ने कम्पनीले १२ सय रिङ्गिट भन्दा कम तलव राखेर मागपत्र पेश गरेमा स्विकृत हुनेछैन । 

नयाँ नियम अनुसार मलेसियामा कामदारको आधारभूत तलब न्यूनतम ३३ हजार भन्दा धेरै हुने छ । यो आज (मंगलबार) को मूल्य अनुसार हो । 

दुतावासको उक्त सूचनाप्रति मलेसियामा रहेका नेपाली नेपाली कामदारले खुसी ब्यक्त गरेका छन् ।

उनीहरुले नयाँका लागि मात्र नभएर पहिल्यैदेखि मलेसियामा रहेका कामदारका लागि पनि उक्त नियम लागू गर्न दुतावास समक्ष अनुरोध गरेका छन् ।

मलेसियामा हाल झन्डै चार लाख नेपाली कार्यरत छन्।
 

४ बर्ष अगाडि

प्रतिक्रिया