युवालाई उद्यमी बनाउन प्राविधिक तालिम, मेसिनमा ५० प्रतिशत अनुदान

४ बर्ष अगाडि

बेरोजगार युवालाई उद्यमी बनाउन गुल्मीको धुर्कोट गाउँपालिकाले ३० जना युवालाई स्वरोजगारमूलक तालिमका लागि सहयोग गर्ने भएको छ ।  

उद्यमशिलताप्रति जागरक बनाई प्राविधिक सिप सिकाएर स्वरोजगार बनाउ गाउँपालिकाले विभिन्न ७ प्रकारका तालिमका लागि सहयोग गर्ने भएको हो ।  

गाउँपालिकाले ७ जनालाई कापाल काट्ने तालिम, ३ जनालाई ग्रिलसम्बन्धी, ३ जनालाई मोटरसाइकल मर्मत, ३ जनालाई फर्निसिङ्ग तालिम दिने भएको छ । त्यस्तै ५ जना युवालाई डोजर स्काभेटर मर्मत तालिम, ३ जनालाई मोटर रिवाइण्ड मर्मत तालिम र ५ जनालाई कम्युटर हार्डवेर तालिम दिने जनाएको छ । 

तालिम लिन इच्छुक १८ देखि ४० वर्षभित्रका युवाले पुस मसान्तसम्म गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद विकास शाखामा सम्पर्क राख्नुपर्ने गाउँपालिकाले जनाएको छ । 

तालिमका लागि मासिक रु. ५ हजारका दरले गाउँपालिकाले उपलब्ध गराउने र तालिमपछि उद्यम व्यवसाय गर्नेलाई मेसिन औजारमा ५० प्रतिशत अनुदान दिने गाउँपालिकाका प्रमुख प्रशाससकि अधिकृत काशिराम पन्थीले बताए । 
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया