मलेशियामा कम्पनी बन्द भएपछि ५ सय जना नेपाली अलपत्र

४ बर्ष अगाडि

मलेशियामा ५ सय जना नेपालीले काम गर्ने पञ्जा उत्पादन कम्पनी बन्द भएको छ ।

अमेरिकाको भन्सार तथा सीमा सुरक्षा कार्यालयले पञ्जा आयातमा प्रतिबन्ध लगाएपछि रबरको पञ्जा उत्पादक कम्पनी डब्लूआरपी अस्थायी रूपमा बन्द भएको हो ।

कम्पनीले कामदारलाई जबर्जस्ती काममा खटाउने गरेको, कम वा तलब नै नदिई काममा लगाएको र शारीरिक तथा यौनशोषण गरेको भन्दै गत १४ असोजमा अमेरिकाले सो कम्पनीको पञ्जा आयातमा प्रतिबन्ध लगाएको थियो ।

त्यसको तीन महिनापछि डब्लूआरपीले १५ पुसमा सर्कुलर जारी गर्दै कम्पनीले भोगिरहेको आर्थिक संकटका कारण तत्कालका लागि ब्यापार बन्द गरेको मलेशियाको अनलाइन पत्रिका मलेशियाकिनीले जनाएको छ।

कम्पनी बन्द भएपछि करीब एक वर्षअघिसम्म उक्त कम्पनीमा काम गरिरहेका करिब ५ सय नेपाली सहित झण्डै दुई हजार कामदार अन्यौलमा परेका छन् ।

कम्पनीले यसअघि लामो समयसम्म तलब नदिएर दुःख दिने गर्दै आएको थियो । जसका कारण गतवषएको माघ १२ गते त्यहाँ कामगर्ने नेपाली कामदार आन्दोलनमा उत्रिएका थिए ।

त्यसपघि धेरैले त्यहाँ काम छोड्दै जाँदा अहिले ५ सय नेपाली कामदार उक्त कम्पनीमा छन् । तर कम्पनीले उत्पदन बन्द गरेपछि उनीहरु अलपत्र परेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया