टाटाले नयाँ उत्पादन ‘एच२एक्स’ सार्वजनिक गर्ने

४ बर्ष अगाडि

आगामी फेब्रुअरीमा हुने अटोएक्स्पो २०२० मा भारतीय गाडी उत्पादक कम्पनी टाटाले नयाँ उत्पादन ‘एच२एक्स’ सार्वजनिक गर्ने तयारी तिब्र पारेको छ । 

नोएडामा ७ देखि १० फेब्रुअरीमा हुन लागेको एक्सोमा टाटाले अल्फा प्ल्याटफर्ममा उत्पादन गरिरहेको ‘एच२एक्स’ को प्रडक्सन मोडल  सार्वजनिक गर्ने तयारी तिब्र पारेको हो । 

यसअघि जेनेभा मोटर शो २०१९ मा यसको प्रोटोटाइप (प्रारम्भिक रुप) देखाएको कम्पनीले यसलाई ‘एक्स४४५’ कोड नेममा उत्पादन गरिरहेको छ । 

चर्चित कम्प्याक्ट एसयूभी नेक्सनभन्दा केही सानो हुने नयाँ कार माइक्रो एसयूभीको रुपमा ल्याउने कम्पनीको तयारी छ । 

यसको डिजाइन नेक्सनभन्दा पनि निकै आक्रमक रहेको छ ।

मिडिया रिपोर्टका अनुसार कम्पनीले यसमा १=२ लिटर पेट्रोल इन्जिन दिनेछ । जसलाई कम्पनीले यसअघि टियागोमा प्रयोग गर्दै आएको छ ।

उक्त इन्जिनमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइने अनुमान गरिएको छ । कम्पनीले यस १५ इन्चको अलोय ह्वील दिन सक्ने परिक्षणको क्रममा देखिएको गाडीको तस्विरबाट अनुमान लगाउन सकिन्छ।

कम्पनीले यसको लम्बाई ३८४० एमएम, चौडाई १८२२ एमएम र उचाई १६३५ एमएम रहेको छ भने यसमा २४५० एमएमको ह्वीलवेस रहने यसअघि नै जानकारी गराएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया