कर्पोरेट फुटसलको उपाधी रोट्रयाक्ट लाई

४ बर्ष अगाडि

लक्ष्मण बस्नेत 
 ।
दाङको तुलसीपुरमा संचालित स्काई वर्थ कप कर्पोरेट फुटसल प्रतियोगिता २०७६ को उपाधी आयोजक रोट्रयाक्ट क्लब अफ तुलसिपुर ले हात पारेको छ।
रोट्रयाक्ट क्लब अफ तुलसिपुरकोआयोजनामा तुलसिपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्ड मा संचालित प्रतियोगिता को फाईनलमा तुलसिपुर नगर जेसिज लाई २ का बिरुद्ध ४ गोल अन्तर ले पराजित गर्दै रोट्रयाक्ट क्लब तुलसिपुर ले उपाधी हात पारेको हो ।

उपाधी संगै उसले नगद २० हजार,कप,मेडल तथा प्रमाणपत्र हात पार्‍यो । 
फाइनलमा पराजित जेसिज भने उपबिजेता मा सिमित रहदै नगद १० हजार,कप,मेडल तथा प्रमाणपत्र मा चित्त बुझाउन बाध्य भयो ।उल्लेख्य दर्शक को उपस्थितमा भएको रोमाञ्चक  तथा शानदार खेलमा रोट्रयाक्ट क्लब का हेम राज बस्नेत ले २ तथा सन्दिप बिक्रम राणा र इनुप भण्डारि ले समान १र१ गोल गरे। उता जेसिज का मोहन सुनार र भानुबिक्रम राणा ले समान १र१ गोल गरे ।


स्थानिय स्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम राख्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो १प्रतियोगिता अबधिभर रेफ्रीको भुमिका मा एन्फा रेफ्री सुरेन्द्र चौधरी र आदेश के।सि। रहेका थिए।


प्रतियोगिताको समान समारोह क्लबका अध्यक्ष नवीन राई को अध्यक्षता तथा रोटरी क्लब अफ तुलसिपुर सिटिका अध्यक्ष देब बहादुर के।सि।को प्रमुख आतिथ्य मा भएको थियो।

सो अबसरमा त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने  ब्यक्तीगत बिधा तर्फ प्लेयर अफ टुर्नामेन्ट कमर्सियल बैक टिम का युद्ध जंग शाह र बेस्ट स्कोरर रोट्रयाक्ट क्लबका हेम राज बस्नेत लाई  पुरस्कृत गरिएको प्रतियोगिताका संयोजक सुरज राईमाझी ले जानकारी दिए।कार्यक्रम को संचालन क्लबका महासचिव कमल डागिले गरेका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया