२५ दिनपछि अभियुक्त पक्राउ, यसरी भयो वलात्कार अनि हत्या

५ बर्ष अगाडि

महेन्द्रनगर -कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले घटनाको २५औं दिन अभियुक्तलाई पक्राउ गरेको हो । गत ११ साउनमा किशोरी पन्तको हत्या भएको थियो ।


पक्राउ परेका अभियुक्त भीमदत्त नगरपालिका–१९ खन्ना चौराहाका ४१ वर्षीय (दिलुवा) भनिने दीलिपसिंह विष्ट हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र कञ्चनपुर प्रहरीको टोलीले भीमदत्त नगरपालिका–१९ बाँगफाँटाका विष्टलाई पक्राउ गरेको हो ।
पन्त गत १० साउनमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा रहेकी साथी रोशनी बमको घरमा बिहान करिब ११ बजेर १५ मिनेट जाँदा विज्ञान विषयको उत्तरपुस्तिका लिन गएकी थिइन् । त्यहाँ झन्डै दुई घण्टाको बसाइपछि उनी तीनवटा नोटकापी, एउटा कालो प्लास्टिकमा अम्बा र रोशनीले दिएको २० रुपैयाँ बोकेर करिब सवा २ बजे घर फर्किइन् ।
उनी भीमदत्त नगरपालिका–१८ र २ को सिमानामा पर्ने निम्बुखेडा खोलाको पूर्व उत्तरतर्फको उखुबारी हुँदै फर्केकी थिइन् । निर्मलाको साइकलको चेन बिग्रिरहने समस्या थियो । बाटोमा हिँडिरहेका बेला साइकलको चेन खराब भएको थियो । चेन खराब भएपछि विष्टले बनाइदिएका थिए । एकान्त सो ठाउँमा कोही नदेखेपछि उनले उखुबारीमा लगेर पन्तलाई बलात्कार गरेका थिए । बलात्कारपछि उनले हत्या गरेका थिए ।

‘बलात्कार गर्दा योनीबाट रगत बगेपछि पक्राउ पर्ने डरले घाँटी थिचेर हत्या गरेको हुँ,’ अभियुक्त विष्टको बयान उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्ली विष्टले भने । करिब साढे २ देखि ३ बजेको बीचमा बलात्कार र हत्याको घटना भएको प्रहरीले निष्कर्ष निकालेको छ । अाजकाे राजधानी दैनिकमा विस्तृत खबर छापिएकाे छ।

५ बर्ष अगाडि

प्रतिक्रिया