मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक कति ?

५ बर्ष अगाडि

धनगढी– प्रदेश नं ७ प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ टेबुल भएको छ । 

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले उक्त विधेयक टेबुल गरेका हुन् ।  विधेयकमा प्रदेश सरकारका मुख्यमन्त्रीको मासिक पारिश्रमिक रु ६० हजार ९७०, मन्त्रीको रु ५४ हजार, राज्यमन्त्रीको रु ५१ हजार र सहायकमन्त्रीको रु ४९ हजार प्रस्ताव गरिएको छ । 

यसैगरी विधेयकमा मुख्यमन्त्री तथा मन्त्रीको आवास सुविधा र फर्निचर जस्ता सुविधाबापत पाउने रकम पनि उल्लेख गरिएको छ ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया