कञ्चनपुरमा गोली चल्यो, ४ जना घाइते

विहीबार, ०७ भदौ २०७५, १३ : २७

काठमाडौं– बालिकालाई बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई कारबाहीको माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर कम्तीमा ४ जना घाइते भएका छन् । 
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले ४ जना प्रदर्शनकारी घाइते भएको जानकारी आफूलाई आएको  जानकारी दिए । यद्यपी उनले  ट्राफिक चोकमा प्रदर्शनकारीमाथि गोली चलाएको नभई झडपमात्रै भएको दाबी गरे । 
उनले भने, ‘ झडपका क्रममा ४ जना घाइते भएको भन्ने खबर प्रापत भएको छ । तर गभीडलाई नियन्त्रणमा लिन हवाई फायर भएको हो।’  घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

विहीबार, ०७ भदौ २०७५, १३ : २७

प्रतिक्रिया