म्याक्केनको ठाउँमा अब को हुन्छ सिनेटर ?

५ बर्ष अगाडि

 

अमेरिकी राजनीतिज्ञ सिनेटर जोन म्याकेनको मृत्यु भएको छ । उनी ब्रेन क्यान्सरबाट ग्रसित थिए । 
अमेरिकी राज्य एरिजोनाबाट छ पटक सिनेट चुनिएका ८१ वर्षे नेता अघिल्लो डिसेम्बरबाट सांसदीय क्रियाकलापमा सहभागी थिएनन् । 
तर अन्तिम दिनसम्म उनी आफ्ना मुद्धाह?को प्रतिरक्षामा भने बलियो अडानका साथ आवाज उठाइरहे । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टर आलोचक रहदै ट्रम्पको राष्ट्रपति कालपछि दोस्रो विश्वयुद्ध पछिको विश्व व्यवस्थामा खतरा पुगेको बताउदै आएका थिए । 
म्याकेनले २०१७ जुलाईमा आफू ब्रेन क्यान्सर लागेको बताएका थिए । दुई दिन अघि मात्र उनले आफ्नो उपचार रोक्ने बताएका थिए । मृत्युको समयमा उनका परिवारका सदस्य उनको साथमा थिए ।
एरिजोनाबाट छ पटक सिनेटर चुनिएका म्याकेनले सन् २००८को राष्ट्रपति निर्वाचनमा डेमोक्राट उमेद्वार तथा पछि राष्ट्रपति विजयी बाराक ओबामालाई कडा चुनौती दिएका थिए । 
एरिजोनामा हाल रिपब्लिन पार्टीबाट गभर्नर छन् । गभर्नर डग डुसीले राज्यबाट सिनेटमा प्रनिधित्व गर्नको लागि लागि एक अस्थायी प्रतिनिधि पठाउन सक्छन् । चुनिएका प्रतिनिधि निर्वाचन नभएसम्मको लागि पदमा रहन सक्छन् । 
सिनेटको सिट कुनै कारणले खालि भएमा गर्भनरले अस्थाई प्रतिनिधि पठाउन पाउने व्यवस्था अमेरिकाको ३६ राज्यमा रहेको छ । त्यसमध्य एरिजोना पनि एक हो । 
एरिजोनाको कानुन अनुसार यसर अस्थायी प्रतिनिधि पठाउँदा गभर्नरले पहिले जुन पार्टीको सदस्य थिए सोही पार्टीको प्रतिनिधि छनौट गर्नुपर्छ । 
सिनेटको रिक्त स्थानको स्थायी पदस्थापनाबारे राज्यको कानुनमा समयसीमा नभएकाले गभर्नर डुसीले चयन गरेको प्रतिनिधिले सन् २०२०मा अर्को निर्वाचन नभएसम्म रहन सक्छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया