अफगानिस्तानमा हवाई आक्रमणमा ५४ जनाको मृत्यु

५ बर्ष अगाडि


अफगानिस्तान – अफगानिस्तानमा सोमबार भएको हवाई आक्रमणमा परी ५४ जना भन्दा बढीको मृत्यु भएको छ । 

उत्तरी प्रान्त फार्याबमा तालिवान लडाकूहरुलाई लक्षित गरी भएको हवाई आक्रमणमा परी अरु दर्जनौँ घाइते भएको जनाइएको छ । 

मारिनेमध्ये दुई जना तालिवान लडाकूका वरिष्ठ कमाण्डर मुल्लाह शाह वाली र मुल्लाह क्यायुम समेत रहेको सेनाका प्रवक्ता मोहम्मद हानीफ रेजाइले जानकारी दिनुभयो । 

“तालिवान लडकूहरुको एउटा समूहलाई सरकारी सुरक्षा फौजले हवाई आक्रमण गर्दा कम्तीमा ५४ जना मारिएका छन् भने अरु दर्जनौँ घाइते भएका छन्,” उहाँले भन्नुभयो । 

सुरक्षा अधिकारीहरुले त्यस क्षेत्रमा सुरक्षा कारबाही जारी रहेको जनाएका छन् । घटनाका बारेमा तालिवान लडाकूकोतर्फबाट अहिले सम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया