पुटिनका आलोचक नाभाल्नीलाई जेल सजायको फैसला

५ बर्ष अगाडि

मस्को–रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ । 
विपक्षी दलका नेता समेत रहेका नाभाल्नीलाई अदालतले सोमबार ३० दिन जेल सजाय दिने फैसला गरेको हो । 
यसै बर्षको सुरुमा उनको नेतृत्वमा भएको प्रदर्शन गैरकानूनी भएको ठहर गर्दै अदालतले जेल सजाय तोकेको समाचारमा जनाइएको छ । 
उहाँकै नेतृत्वमा आयोजना गरिएको अर्को राजनीतिक ¥याली हुन लागेको अघिल्लो दिन उहाँलाई अदालतले यस्तो फैसला सुनाएको हो । 
टीभेर्सको जिल्ला अदालतका न्यायाधीश एलेक्सै स्टेक्लीयभले नाभाल्नीबाट पटक पटक रुसको कानूनको उलङ्घन भएकाले जेल सजाय दिनु परेको बताए । 
नाभाल्नीलाई शनिबार बेलुका नै मस्कोमा रहेको उनको घर बाहिरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया