बुटवलमा अत्याधुनिक अस्पताल बन्ने, १० तले प्रादेशिक अस्पतालकाे डिजाइन सार्वजनिक

शुक्रबार, ०२ फागुन २०७६, १८ : ५२

प्रदेश ५ सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधासम्पन्न अस्पतालको रुपमा विकास गर्ने भएको छ । 

प्रदेश सरकारले अत्याधुनिक सुविधा सहितको अस्पतालका लागि अत्याधुनिक भवन निर्माण गर्न लागेको हो । 

१२ सय शैयाको अस्पत्तालका लागि १० तलाको मुख्य भवन बन्न लागेको मूख्य मन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले बताए ।

उनका अनुसार अस्पताल भवनकै छतमा हेलिप्याड निर्माण हुने छ । 

नयाँ बन्ने अस्पताल भवनको डिजाइन नक्शा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सार्वजनिक गरिएको छ । 

समृद्ध प्रदेश खुशी प्रदेशवासीको अभियानका साथ अघि बढेको प्रदेश सरकारले विशेषज्ञ सेवा सहितको अस्पत्ताल निर्माण गर्न लागेको मूख्य मन्त्री शंकर पोखरेलले जानकारी दिएका थिए । 

शुक्रबार, ०२ फागुन २०७६, १८ : ५२

प्रतिक्रिया