लुका मोडरिच बने युरोपको उत्कृष्ट खेलाडी

५ बर्ष अगाडि

रियल मड्रिडबाट खेल्ने क्रोएसियन मिडफिल्डर लुका मोडरिच युरोपको उत्कृष्ट फुटबलर बनेका छन्।

युइएफएले हरेक वर्ष प्रदान गर्ने युरोपको उत्कृष्ट फुटबलरको अवार्ड पहिलो पटक जित्ने क्रममा उनले क्रिस्टियानो रोनाल्डो र मोहम्मद सलाहलाई पछि पारे। मोडरिचले कूल ३१३ अंक पाउ रोनाल्डोले २२३ र सलाहले १३४ अंक पाए।


युरोपको उत्कृष्ट फुटबलरको अवार्ड रोनाल्डोले सर्वाधिक ३ पटक जितेका छन्।

मोडरिचको युरोपको उत्कृष्ट मिडफिल्डर समेत घोषित भए। यस्तै रोनाल्डो उत्कृष्ट फरवार्ड, केलर नाभास उत्कृष्ट गोलकिपर र सर्गियो रामोस उत्कृष्ट डिफेण्डर घोषित भए।  

यसैगरी युइएफए प्रेसिडेन्ट अवार्डबाट इंग्ल्याण्डका पूर्व कप्तान डेभिड बेकहमलाई प्रदान गरिएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया