एशिया कप छनौटमा नेपालको पहिलो जीत

५ बर्ष अगाडि

नेपालले मलेसियालाई १९ रनले पराजित गरेको छ ।

नेपालले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धा्रित ३० ओभरमा ९ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिएपछि मलेसिया पराजित बन्न पुग्यो ।

मलेसियाका लागि सायेद मुबारक र अनवरी अरुदिनले सर्वा्धिक ३४ रनको योदान दिए भने अहमद फैज मोहमद नुरले र जगजित सिंह क्रमशः २२ तथा २१ रन बनाए ।

यसअघि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले शतकीय साझेदारी गरेपछि नेपालले एशिया कप छनौट अन्तरगत तेस्रो खेलमा मलेसियासामु १ सय ९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर नेपालले  ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो । लगातार दुई खेल हारेर जित्ने पर्ने दबाबमा रहेको नेपाललाई यसबाट केहि राहत मिलेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया