कोरोना प्रभाव : आइ पि एल स¥र्यो

आइतबार, ०२ चैत्र २०७६, १३ : ४९

काठमाडौं कोरोनाभाइरस संक्रमणको जोखिमका कारण इन्डियन प्रिमियर लिग (आइपिएल) को १३औं संस्करण १५ दिन पछाडि सरेको छ।

आगामी मार्च २९ बाट सुरू हुने तय भएको लिग अप्रिल १५ सम्मका लागि स्थगित भएको ‘बिसिसीआई’ ले प्रेस विज्ञप्ति मार्फत जानाएको छ।

शुक्रबार बसेको बोर्डको छलफलले निर्धारित समयमै आइपिएल गर्दा विदेशी खेलाडीहरूको भिसा प्रकृयालाई असर गर्ने निश्कर्ष निकालेको थियो। अप्रिल १५ देखि लिग सुरू गर्दा विदेशी खेलाडीहरूको भिसा प्रकृयाको लागि समय पुग्ने भन्दै बोर्डले लिगको मिति सारेको हो।

आइतबार, ०२ चैत्र २०७६, १३ : ४९

प्रतिक्रिया