युएस ओपनः नाडाल सेमिफाइनलमा प्रवेश

५ बर्ष अगाडि

 युएस ओपन लनटेनिस प्रतियोगिता अन्तर्गत बुधबार खेलिएको खेलमा राफेल नाडाल सेमिफाइनलमा प्रवेश गरेका छन् । युएस ओपनका वर्तमान च्याम्पियन नाडालले डोमिनिक थाइमलाई ३–२ सेटको अन्तरले पराजित गरे । 

करिब ४ घण्टा ४९ मिनेटको सङ्घर्षपूर्ण उक्त खेलमा नाडालले थाइमलाई ०–६, ६–४, ७–५, ६–७ र ७–६ सेटमा पराजित गरेका हुन् । योसँगै नाडाल सातौं पटक युएस ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

विश्व नं. १ खेलाडी नाडाल चौथो पटक युएस ओपन जित्ने प्रयासमा छन् । उनले हालसम्म १८ वटा ग्रान्डस्लाम उपाधि जितिसकेका छन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया