जापानमा भूकम्प, आठ जनाको मृत्यु, सयौं बेपत्ता

५ बर्ष अगाडि

 उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार ६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पपछि भवनहरु भत्किएर र भूस्खलनमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनौं बेपत्ता भएको प्रारम्भिक खबर प्राप्त भएको छ । 

गत साता पनि यही क्षेत्रमा आएको शक्तिशाली आँधीमा परेर जनधनको ठूलो क्षति भएको थियो । 

यस क्षेत्रमा विद्युतसेवा उपलब्ध गराइआएको प्रमुख थर्मल प्लान्टमा भूकम्पबाट क्षति पुगेका कारण ३० लाख घरमा विद्युत सेवा अबरुद्ध भएको छ । यस भूकम्पको केन्द्रविन्दु क्षेत्रीय राजधानी साप्पोरोबाट ६२ किलोमिटर टाढा रहेकाले सुनामीको चेतावनी भने दिइएको छैन । 

भूकम्पपछि दर्जनौ घरहरु ध्वस्त भएका र भूकम्प प्रभावित इलाकामा रहेका आवासीय दर्जनौं व्यक्तिहरुलाई हेलिकोप्टरको सहयोगबाट उद्धार गरिएको छ । 

प्रहरी अधिकारीहरुलगायत करिब २० हजार उद्धारकर्ताहरु परिचालित भएका सरकारका प्रवक्ता योसिहिदे सुगाले बताउनुभएको छ । सो उद्धारकार्यमा अरु करिब २० हजार सैनिकले पनि परिचालन गर्ने तयारी भइरहेको छ । 

मन्त्रिपरिषदको आकस्मिक बैठकपछि बोल्दै जापानका प्रधानमन्त्री सिन्जो आबेले मानिसको ज्यान बचाउन हरसम्भव प्रयास गरिने बताउनुभयो । 

सन् २०११ को मार्च ११ मा जापानमा आएको विनाशकारी ९.० रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी जनधनको ठूलो क्षति भएको थियो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया