हिमानी शाहले बनाइन् गोरखामा भब्य विद्यालय

५ बर्ष अगाडि

गोरखा–हिमानी ट्रस्टले २०७२ बैशाख १२ गते गएको भूकम्पले ध्वस्त बनेको गोरखाको एक विद्यालयको पुनर्निर्माण गरेको छ । ट्रस्ट पूर्वयुवराज्ञी हिमानी शाहको नेतृत्व रहेको छ । 

 ट्रस्टले पालुङटार नगरपालिका वडा नम्वर ५ मा अवस्थित  भवानी मावि पुननिर्माण गरेको हो । 
पुनर्निर्माण सकिएपछि विद्यालयको  ८ कोठे भवनको हिमानी ट्रष्टकी संरक्षक कोमल शाहले बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिन् । ४ करोड ९५ लाख रुपैयाँको लागतमा विद्यालय पुनर्निर्माण गरिएको बताइएको छ । 

उद्घाटन कार्यक्रममा पूर्वयुवराज पारस समेत पुगेका थिए । 
 सो क्रममा पारस र हिमानीबीच केहीबेर कुराकानी समेत भएको बताइएको छ । यद्यपी दुवै जना कार्यक्रममा सहभागी हुन काठमाडौंबाट छुट्टाछुट्टै पुगेका थिए । कार्यक्रममा सहभागि हुन राजपरिवारका अन्य सदस्य पनि त्यहाँ पुगेका थिए । 
पालुङटारकै स्थानीय समाजसेवी भगिरथ गुरुङले हिमानी ट्रष्ट र विद्यालयको सम्पर्क स्थापित गराइदिएका हुन् । 
 लगत्तै हिमानी शाहले भूकम्पले क्षतिग्रस्त विद्यालयको अध्ययन गरेकी थिइन्  । २०७३ मंसिर १९ गते आफैले भवन निर्माणको शिलान्यास गरेकी हिमानीले उद्घाटनका लागि भने संस्थाकी संरक्षक सासू कोमललाई सहभागी गराइन् । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया