दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन भारत भ्रमणः अध्यक्ष प्रचण्ड

५ बर्ष अगाडि

 भारत सरकारको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड भारतको भ्रमणमा हुनुहुन्छ । भ्रमणको क्रममा नयाँ दिल्लीमा रहेका प्रवासी नेपालीहरुसँग आज छलफल गर्दै उहाँले नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताउनु भएको छ । 
छलफलमा अध्यक्षले भन्नुभयो, सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल भारतबीच भएका सम्झौताहरु कार्यान्वयन गराउन र नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाउने भारत भ्रमणको उद्देश्य हो ।
उहाँले हाल दुई देशका बीचको सम्बन्धमा सकारात्मक विकास भएको पनि उल्लेख गर्नुभयो । उहाँले बदलिएको परिस्थितिमा नेपाली कार्यवहाक राजदूत र कर्मचारीलाई अझ सक्रियतापूर्वक र गम्भीरतापूर्वक कार्यसम्पादन गर्न आग्रह समेत गर्नुभयो । प्रवासी नेपालीसँग भेटघाटको व्यवस्था मिलाएकोमा कार्यावहाक राजदूत तथा दूतावासका कर्मचारीहरुमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा प्रवासी नेपालीहरुले नेपाली सीमामा हुने गरेका घटना रोक्न पहल गर्न आग्रह गरेका थिए भने बैंक खाता, भोटर आइडी, इस्योरेन्स लगायतका समस्याका बारेमा पनि समाधानका लागि पहल गर्न अनुरोध गरेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया