र्‍यापिड टेष्टले झुक्यायो, बाग्लुङ्गकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि

सोमबार, ०१ बैशाख २०७७, १९ : ३०

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा कोरोना भाइरस संक्रमण देखिएपनि बाग्लुङ्गकी ६५ वर्षीया महिलालाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । 

आइतबार धौलागिरी अञ्चल अस्पतालमा र्‍यापिड टेष्टमा पोजिटिभ नतिजा आएपनि पीसीआर परिक्षणबाट कोरोना संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

उनको स्वाब कलेक्सन गरि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाइएको थियो । तर त्यहाँ परिक्षणको क्रममा नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिएका छन् ।

बाग्लुङ्गमा २ जना कोरोना भाइरस संक्रमित भेटिएपछि उनीहरुका परिवार, आफन्त, छिमेरी र समुदायमा र्‍यापिड टेस्ट थालिएको थियो । 

सोमबार, ०१ बैशाख २०७७, १९ : ३०

प्रतिक्रिया