काठमाडौं– एनआईसी एसिया बैंकमा वित्तिय संकट चुलिएपछि देशभर यसका विभिन्न शाखामा बचतकर्ताको भीड देखिएको छ ।
यो पनि पढ्नुस्
आर्थिक संकट निम्तिएपछि राजीनामाको तयारीमा एनआईसी एसियाका सिईओ न्यौपाने
बैंक संकटग्रस्त भएको भन्दै पैसा झिक्न बचतकर्ता विगतमा भन्दा धेरै लामबद्ध भएका छन् । बैंकको खातामा रहेको रकम निकाल्न खोज्दा केही स्थानमा बैंकले ढिलो प्रक्रिया अपनाएर झिक्न नदिएको आरोप बचतकर्ताले लगाएका छन् ।
यो पनि पढ्नुस्
एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल जग्गा किर्ते कार्यमा संलग्न !
बैंकले सीधै पैसा दिन नमानेपछि सेवाग्राहीहरु रिसाएको र केही खातावालाहरुले आफ्नो जम्मा गरेको रकम नदिएको भन्दै बुधबार सामाजिक सञ्जालमा ग्राहकहरुले आक्रोश पोखेका छन्।
एनआईसी एसिया बैंकले आफूहरूद्वारा गरिएको सबै बैंकिङ कारोबार नियमनबमोजिम रहेको भन्दै अनावश्यक हल्लाबाट नआत्तिन सेवाग्राहीलाई आग्रह गरेको छ ।
यो पनि पढ्नुस्
एनआईसी एसिया बैंकका बचतकर्ताले रकम फिर्ता माग्न थाले
बैंकले धितो राखेर कर्जा दिने, धितोको माध्यमबाट व्यापार गर्ने कार्यमा सक्रियता देखाउँदा धितो चुक्ता हुन नसकेपछि गैरबैंकिङ सम्पत्ति बढेर थप संकट निम्तिएको हो । पछिल्लो समय बैंकको उक्त वित्तीय कारोबारमाथि पनि प्रश्न उठ्न थालेको छ।
नेपाल राष्ट्र बैंकले हालसम्म यस विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यस बारेमा बुझ्न एनआईसी एसिया बैंकका सूचना अधिकारी अर्जुन खनियाँलाई सम्पर्क गर्न बारम्बार फोन गर्दा पनि उनीसँग सम्पर्क हुन सकेन ।
प्रतिक्रिया