१ करोड ३१ लाख ठगीका मुख्य नाइके पक्राउ

५ बर्ष अगाडि

काठमाडौं– प्रहरीले जापान पठाउने नाममा १ करोड ३१ लाख ५० हजार ठगि गर्ने समुहका मुख्य नाइके भनिएका युवालाई पक्राउ गरेको छ । 
सिन्धुपाल्चोक मेलम्ची घर भएका सबिन प्रकाश दनुवारलाई भदौ २४ गते काठमाडौको बसुन्धराबाट केन्द्रीय अनुसन्धान व्युरोको टोलीले पक्राउ गरेको हो ।
 प्रहरीका अनुसार दनुवारले सरकारी कोटामा कृषि सम्बन्धी कामका लागि जापान पठाइदिने भन्दै२८ जनाबाट  ७ देखि १२ लाख सम्म रकम लिएका थिए । 
व्युरोले उनलाई थप अनुसन्धानका लागि सोमबार काठमाडौ जिल्ला अदालत पेश गरेको छ ।  
 यसअघि यसै मुद्दामा पीडितहरुको जाहेरीका आधारमा ठगी मुद्दामा संलग्न भएको आरोपमा नुवाकोट घर भएका हाल जोरपाटी बस्ने सरिता गुरुङ, उदयपुर घर भई नेपालटार बस्ने लालमणि दनुवार पक्राउपछि अदालत पेश भएका थिए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया