बाबुराम भट्टराई अमेरिकामा विद्यार्थी !

५ बर्ष अगाडि


काठमाडौं–नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई प्राज्ञिक भ्रमणका लागि आज बेलुका संयुक्त राज्य अमेरिका जाँदै छन् ।  

यो भ्रमण उनले अध्ययनको उद्देश्यसाथ गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

‘उनले यो भ्रमण मुख्यतः केही प्रश्नहरुका साथ गर्दै हुनुहुन्छ – विश्वभर नै नवउदारवादी लोकतन्त्र र राज्य–समाजवादरसाम्यवाद दुबै राजनीतिक प्रणालीमा देखिएको संकटको कारण के हुन सक्छ रु के यो २१ औं शताब्दीमा नयाँ राजनीतिक विचार र वैकल्पिक राजनीतिक शक्तिको जन्मको पूर्वसूचक हुनसक्छ रु नेपाल जस्ता भर्खरै लोकतन्त्रको स्थापना भएका देशहरुमा लोकतन्त्रलाई अधिक समावेशी, सहभागितामूलक र जनउत्तरदायी कसरी बनाउन सकिन्छ रु नेपालजस्ता अतिकम विकसित देशहरुलाई निकै छोटो समयमा नै विकसित र समृद्ध देशमा कसरी रुपान्तरण गर्न सकिन्छ रु अरु विकसित देशहरुको अनुभवबाट के सिक्न सकिन्छ रु यिनै प्रश्नहरुको वरिपरि रहेर उहाँले भ्रमणका क्रममा अन्तरक्रिया गर्नुहुनेछ,’ उनको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले अमेरिकाका विभिन्न राज्यहरुमा पुगी सम्भव भएसम्म त्यहाँका प्रवुद्ध र प्राज्ञिक व्यक्तित्वहरु, नीति निर्माताहरु, चिन्तकहरु, प्राध्यापकहरु, दक्षिण एशियाका बारेमा जानकारी राख्ने स्तम्भकार तथा लेखकहरु, विकासका क्षेत्रमा कार्यरत व्यक्तित्वहरु र प्रवासी नेपाली तथा दक्षिण एशियालीहरुसँग पनि अन्तरक्रिया गर्नेछन् ।

उनको यो भ्रमणको सम्पूर्ण व्यवस्थापन गैह्र–आवासीय नेपाली संघले गर्नेछ ।  भट्टराई असोज २२ गते नेपाल फर्कनेछन्।

५ बर्ष अगाडि

प्रतिक्रिया