होशियार ! कर्मचारीले नै मिलेर तपाईँको जग्गा बेचिदेलान्

५ बर्ष अगाडि

काठमाडौं–ललितपुरका चन्दनकृष्ण कायस्थको बूढानीलकण्ठमा रहेको करोडौं मूल्य पर्ने घडेरी कीर्ते गरेर बेचबिखन गरेको प्रकरणमा मालपोत कार्यालय चाबहिलका ४ कर्मचारी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मालपोत अधिकृत खगेन्द्र अर्यालसहित नासु रघुनाथ तिमल्सिना, रञ्जन कुमार खरेल र जमुना कुमारी श्रेष्ठ रहेका छन् । 

महानगरीय प्रहरी बृत्त गौशालाका प्रहरी उपरीक्षक सुनील मल्लले अधिकृतसहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । 

ललितपुरको हात्तीवन बस्ने चन्दनकृष्ण कायस्थको बूढानीलकण्डको  २ रोपनी ८ आना जग्गा जग्गा मालपोतका कर्मचारीको समेत मिलेमतोमा कीर्ते गरी बेचबिखन भएको थियो । 

यसअघि नै प्रहरीले जग्गा किनबेचमा संलग्न तीन जनालाई हिरासतमा लिएर अनुसन्धान थालेको थियो । 

प्रहरीका अनुसार कायस्थको जग्गा किन्ने श्रीकृष्ण देवकोटा र धु्रबप्रसाद भट्टराई तथा जग्गाको वारेसनामा लिने प्रदीप गौतमलाई हिरासतमा थियो । 

जग्गा बिक्री गर्ने गिरोहले उक्त जग्गा ६ करोड रुपैयाँमा बेचेको बताइएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया