संघ र प्रदेश सरकार मिलेरै योजना कार्यान्वयन गर्ने हो :: खानेपानी मन्त्री बिना मगर

५ बर्ष अगाडि

काठमाडौं । खानेपानी मन्त्रालयले आधारभुत खानेपानीको पहुँच पु(याउन तय गरिएका योजनाहरु कार्यान्वयन गर्न सक्रियता बढाउने बताएको छ ।  
खानेपानी मन्त्रालयले मंगलबार सात वटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री र भौतिक सचिवहरु सँग सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा संघीय सरकार र प्रदेश सरकार बीच समन्वय गरेर आयोजनाहरु कार्यान्वयन गर्ने बताएको हो । 
कार्यक्रमको अध्यक्षता गर्नु हुँदै खानेपानी मन्त्री बिना मगरले संघ र प्रदेश सरकार बीच कुनै किसिमको अन्यौलता नहुने गरी खानेपानीका आयोजनाहरु अघि बढाईने बताउनुभयो । उहाँले सन् २०३० सम्म दीगो विकासका लक्ष्यहरु पुरा गर्नु पर्ने जिम्मेवारी सरकारको काँधमा रहेकाले त्यस्तो लक्ष्य हासिल गर्न खानेपानीको क्षेत्रमा धेरै काम गर्नुपर्ने चुनौति रहेको बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘ तीन वर्ष भित्र देशैभरि आधारभूत खानेपानीको पहुँच पु¥याउन निकै चुनौति छ । तीनै वटै तहका सरकारले विशुद्ध सेवाको रुपमा खानेपानी आपूर्तिलाई लिनु पर्दछ । खानेपानीका आयोजनाहरु सञ्चालन गर्ने सम्बन्धी कतिपय ऐन नियमहरु निर्माणको चरणमा छौं । संघ र प्रदेश सरकार मिलेरै यस्ता आयोजनाहरु सञ्चालन गर्नु पर्दछ ।’
खानेपानी मन्त्री बिना मगरले अब छिट्टै नै सात वटै प्रदेशमा कर्मचारीहरुको व्यवस्थापन गरेर आयोजनाहरुलाई द्रुत गतिले अघि बढाईने बताउनुभयो । खानेपानीका केही महत्वपूर्ण योजनाहरुको सम्भावना खोजी गर्न समेत प्रदेश सरकारलाई उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा सात वटै प्रदेशका भौतिक पूर्वाधार मन्त्रीहरुले छिटो भन्दा छिटो आयोजनाहरु कार्यान्वयन गर्न केन्द्रबाट कर्मचारीहरु पठाउन आग्रह गरे । कर्मचारीहरु नभएका कारण काम गर्न गाह्रो परेको उनीहरुको भनाई थियो । 
खानेपानी मन्त्रालयले करिब ४ हजार योजनाहरु प्रदेश सरकारलाई हस्तान्तरण गरिएको जनाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया