आईजीपी बन्न नपाएका कार्की एआईजीमा बढुवा सिफारिस, अरु को–को ?

५ बर्ष अगाडि

काठमाडौं– नेपाल प्रहरीका डीआईजी पुस्कर कार्कीसहित तीन डीआईजी एआईजीमा बढुवा सिफारिस भएका छन् । 
 बढुवा सिफारिस भएका अरु दुई जनामा ठूले राई र धिरु बस्नेत रहेका छन् । कार्की यसअघि आईजीपीको दाबेदार रहेका थिए । तर, सर्वेन्द्र खनाललाई सरकारले चयन गरेपछि उनी डीआईजीमा खुम्चिएका थिए ।  कार्की अहिले एक नम्बरमा रहँदै एआईजीमा बढुवा सिफारिस भएको गृह मन्त्रालयले मंगलबार अबेर निकालेको विज्ञप्तिमा उल्लेख छ । 
बढुवा समितिको मंगलबार बसेको बैठकले कार्की, राई र बस्नेतलाई एआईजीमा बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।  

५ बर्ष अगाडि

प्रतिक्रिया