चीनसँग उडान अनुमति खोज्दै नेपाल

५ बर्ष अगाडि

काठमाडौँ–नेपाललाई सीधा उडान अनुमति उपलब्ध गराउन चीनको सिचुआन प्रान्तको राजधानी छेन्दु सकारात्मक देखिएको छ । सिचुआनमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन महोत्सवका क्रममा 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी र छेन्दुका गभर्नरबीच भएको भेटमा दोहोरो उडानलाई सम्भव बनाउने विषयमा छलफल भएको छ । 
नेपाललाई स्लट उपलब्ध गराउन छेन्दुका गनर्भरसँग कुराकानी भएको छ, मङ्गलबार भ्रमणपछिको जानकारी गराउँदै मन्त्री अधिकारीले भने, यस विषयमा सकारात्मक प्रगति भएको छ । चीनका विमान कम्पनीले नेपालमा नियमित उडान गर्दै आए पनि स्लट अभावमा नेपाली उडान कम्पनीले आफ्नो सेवा चीनमा विस्तार गर्न सकेका छैनन् । गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया