अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घ (एआइएन) लगायत १६ वटा संस्थाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोभिड–१९ महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई एआइएनका अध्यक्ष अच्युतकुमार लुइटेलले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । मन्त्री ढकालल स्वास्थ्य सामग्रीहरुको खरिद चुनौतीपूर्ण भएको अहिलेको सङ्कटको समयमा गैरसरकारी संस्थाको सहयोग साँच्चिकै प्रशंसायोग्य रहेको बताए ।
उनले सामग्रीलाई अभावका भएका प्रदेश र जिल्लामा पु¥याइने बताए। सोही अवसरमा उपस्थित रहनुभएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले कोरोना भाइरसको महामारीको सामना गर्न गैरसरकारी निकायसँग सहज र प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।
एआइएनका अध्यक्ष लुइँटेलले कोभिड–१९ रोकथाम तथा नियन्त्रण लागि सरकार, विकास साझेदार र नागरिक सङ्घसंस्था सँगसँगै जानुपर्ने बताए । हस्तान्तरण गरिएको सामग्रीमा कोरोना भाइरस नियन्त्रणका लागि पहिलो पङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) सेट, सेफ डेलिभरी कीट, इन्फ्रारेड थर्मोमिटर, वाटर एण्ड एयर रुफ एप्रोन, सर्जिकल स्टेरिल ग्लोब्स, युटिलिटी ग्लोब्स, केएन ९५ मास्क, सर्जिकल मास्क, सर्जिकल गगल्स, स्यानिटाइजर र कीटनाशक वस्तुलगायत रहेका छन् ।
प्रतिक्रिया