उपत्यकामा २ र उपत्यकाबाहिर १ सय ४१ जना कोरोनाभाइरसको संकास्पद बिरामी उपचाररत

शनिबार, २७ बैशाख २०७७, १६ : ५६

उपत्यकामा २ र उपत्यकाबाहिर १ सय ४१ जना कोरोनाभाइरसको संकास्पद बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  उनीहरु सबै  १४३ जनाको  आइसोलेनमा उपचार भइरहेको छ । 

मन्त्रालयले देशका विभिन्न स्थानमा स्थापना भएका क्वारेन्टाइनमा १४ हजार ५ सय ९२ जना रहेको पनि जनाएको छ । 

यस्तै नेपालमा कोरोना संक्रमण देखिएका १ सय ९ जनामध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ मा रहेको शनिबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । 

शनिबारसम्म संक्रमितको संख्या १ सय ९ पुग्दा प्रदेश नम्बर १ मा ३४ जनामा संक्रमण देखिएको उनको भनाइ छ ।

शनिबार, २७ बैशाख २०७७, १६ : ५६

प्रतिक्रिया