आज एक जनामा सङ्क्रमण, नेपालमा कोरोना सङ्क्रमित ११० पुगे

आइतबार, २८ बैशाख २०७७, १० : २१

आज पुनः एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले उदयपुर, भुल्केका ४३ वर्षीय महिलामा सङ्क्रमण देखिएको जानकारी दिए । उनका अनुसार ती महिलाको विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो । 

योसँगै नेपालमा ११० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उनले जानकारी दिए ।

आइतबार, २८ बैशाख २०७७, १० : २१

प्रतिक्रिया